केही धमिराबाट प्रहरीलाई बदनाम हुन दिन्न, टिपेर मिल्काउँछु : आईजीपी खनाल



काठमाडौं : निर्मला पन्तमाथि बलात्कारपछि हत्याम संलग्नलई पक्राउ गर्न नसकेर आलोचित बनेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अब नेपाल प्रहरीमा शुद्धीकरण थाल्ने बताएका छन् । 

 

'केही धमिरा प्रवृतिका प्रहरीले गर्दा सिङ्गो संगठन बदनाम हुने अवस्था आएको छ', प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'अब प्रहरी संगठनका ‘धमिरा’ लाई छानीछानी फाल्छु ।'

 

संगठनका अधिकारीको भूमिकालाई लिएर आक्रोश पोखेका खनालले आचरणमा रहन पटक-पटक निर्देशन दिएको पनि स्मरण गराए । 'मैले आचरणमा सुधार ल्याउन पटक पटक निर्देशन दिएको छु', उनले भने, 'आफ्नो आचरण नसुधारी संगठनलाई बदनाम गराउनेलाई अब खोजीखोजी कारबाहीको दायरमा ल्याउँछु ।'

 

खनालको अधिकांश मन्तब्य संगठनका बदमाश अधिकारीहरुप्रति केन्द्रित थियो । 'केही प्रहरी अधिकारीहरुका कारण सिङ्गो संगठनका साथै इमानी प्रहरी अधिकारीसमेत लाञ्छनाको शिकार भएका छन्', खनालले अगाडि भने, ‘पटक पटक सुध्रिने मौका दिएको छु । निर्देशनलई पनि नमानी बदमाशी गर्ने यस्ता धमिरालाई टिपेर फाल्ने अभियान थाल्छु, यो अभियानलाई सबैले सघाउनुहोला ।'

 

आइजीपी खनालले जनताको सुरक्षाको जिम्मेवारी काँधमा बोकेको प्रहरीले कुनै पनि गल्ती गर्नै नहुने पनि जिकिर गरे ।  'जनताले भरोसा गरेर प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने आशा गरेका छन्', उनले भने, ‘म प्रहरी भएकैले हरेक काम राम्रो गर्नुपर्छ, यससँगै बाटो बिराउन लागेको साथीलाई सुधार्नु पनि पर्छ ।' 

 

देश र जनताको सुरक्षाका लागि आफू दिनरात खटिरहेको बताउँदै खनालले प्रहरी संगठनको मूल्य र मान्यतामा बसेर जनसेवा गर्न पनि कडा निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड