बिरामीको मृत्युपछि राजविराज अस्पताल तनावग्रस्त 



सप्तरी : उपचाररत एक बिरामीको मृत्यु भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाई नाराबाजी गरेका छन् ।

 

चिसोले बिरामी परेका छिन्नमस्ता गाउँपालिका ६ का ५५ वर्षीय सहदेव सदाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो । त्यसपछि आफन्त नाराबाजीमा उत्रेका हुन् । उनीहरुले अस्पतालको मूलद्वारमा टायरसमेत बालेपछि केही बेर प्रहरीसँग झडप भएको थियो । 

 

अस्पतालका निमित्त प्रमुख डा. रञ्जित झाले सदाको अवस्था गम्भीर रहेकाले मृत्यु भएको बताएका छन् । यसैबीच अस्पतालले सदाका आफन्तसँग वार्ता सुरु भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्