‘फेरी’ निर्माण गरिएसँगै स्थानीयवासी खुशी



भोजपुर : भोजपुर र संखुुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ‘फेरी’ निर्माण गरिएसँगै स्थानीयवासी खुशी भएका छन् ।

फेरी निर्माण गरिएसँगै यातयातमा सहजता थपिएको छ । संघीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ जाख र षडानन्द नगरपालिकाको ५५ लाखको लागतमा फेरी निर्माण गरिएको षडानन्द नगरपालिका प्रमुख वीरबल राईले जानकारी दिए ।

फेरी सञ्चालनको लागि ३ जना अपरेटर राखिएको प्रमुख राईले जानकारी दिए । उक्त अपरेटरको पारिश्रमिक व्यवस्थापनको सहजताका लागि फेरी प्रयोगकर्ताबाट थोरै राजश्व लिने योजना रहेको नगर प्रमुख राईको भनाइ छ ।

कुन सवारीबाट कति लिने भन्ने निर्णय भइनसकेको र अबको कार्यपालिकाको बैठकले राजश्व दर तोक्ने राईले जानकारी दिए । फेरीबाट दैनिक करिब २०० बढी सवारीसाधन आवतजावत गर्ने नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्