कट्रिना केफलाई अब महेश बाबुकाे  साथ​​​​​​​



एजेन्सी : पछिल्लाे समय बलिउडमा असफल कट्रिना केफ छिट्टै नै दक्षिण भारतीय फिल्ममा देखिने भएकी छन् । अब उनी साउथका सुपरस्टार महेश बाबुको साथमा अभिनय गर्ने खबर सार्वजनिक भएको छ ।

 

नायक महेश बाबु यति बेला फिल्म ‘महर्षि’ को छायांकनमा व्यस्त छन् । महेश बाबुको यसपछिको फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री कट्रिना केफलाई कास्ट गर्ने तयारी भइरहेको छ ।

 

साउथका फिल्म निर्देशक सुकुमार महेश बाबूका साथ फिल्म बनाउने तयारी गरिरहेका छन् । साथै उनको अब बन्ने फिल्मका लागि निर्माताहरुले बलिउडका कयौं अभिनेत्रीहरुका बारेमा छलफल गरेपछि यस फिल्ममा कट्रिना केफलाई कास्ट गर्ने निर्णय भएको छ ।

निर्देशक सुकुमारले कट्रिना समक्ष उनको अब बन्ने फिल्मका लागि प्रस्ताव पनि राखिसकेका छन् । अहिले यस फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । यस फिल्मका धेरै जसो कलाकारहरुको टुंगो लागिसकेको छ ।

साउथ फिल्मका सुपरस्टार महेश बाबुले अहिलेसम्म बलिउड फिल्ममा डेब्यु गरेका छैनन् । तर महेशले पनि छिट्टै नै बलिउड फिल्ममा डेब्य गर्न सक्ने चर्चा पनि आइरहेको छ । 

कट्रिना केफले यस फिल्मलाई साइन गरिन् भने यो उनको तेस्रो साउथ फिल्म हुनेछ । यसअघि उनले अभिनेता वेन्कटेश दग्गुबातीका साथ फिल्म ‘मालिसवारी’ र अभिनेता नन्दामुरी बालाकृष्णका साथ ‘अल्लारी पिद्दुगु’ मा काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्