वाइडबडीको छानबिन स्वार्थमुक्त बनाउन काँग्रेसको माग



काठमाडौं : विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि नेपाली काँग्रेसले पत्रकार सम्मेलन नै गरेर यसको छानबिन प्रभावकारी बनाउन आग्रह गरेको छ । 

पार्टी सभापतिको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको प्रमुख प्रतिपक्षी काँग्रेसले छानबिनलाई दबाब र प्रभावमूक्त बनाउन आग्रह गरेको हो । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विमान खरिद प्रक्रिया सुरु गर्दा पुष्पकमल दाहाल र विमान आउँदा केपी शर्मा ओली नेतृत्वको सरकार भएकोले सभापति देउवाको नाम पूर्वाग्रही ढंगले जोडिएको दाबी गरे । देउवा नेतृत्वको सरकारले विमान खरिदबारे कुनै निर्णय नगरेको उनको जिकिर थियो । 

विमान खरिद प्रकरणबारे सम्बन्धित निकायले गर्ने छानबिनमा काँग्रेसको पूर्ण सहयोग रहने प्रवक्ता शर्माले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्