स्कुटर चालकको मृत्यु



नवलपरासी ः पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

गँैडाकोट–२ भृकुटीचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्