लागुऔषधसहित २ जना पक्राउ



कञ्चनपुर : प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका-११ शान्ति पुन : स्थापना केन्द्र नजिकैबाट लागुऔषध चरेससहित २ जनालाई आज पक्राउ गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-९ का २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीमा रानामगरलाई चार किलो ८०० ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रहरी चौकी त्रिनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले धनगढी बजारबाट भारतको सीमा नाका गौरीफन्टातर्फ शङ्कास्पद रूपमा गइरहेको अवस्थामा खानतलासी गर्दा सीमा रानामगरले कम्मरको भागमा लुकाइ छिपाई गरिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

निजलाई कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरमा पठाइने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्