चरेस तस्करी आरोपमा डान्सर पक्राउ



काठमाडौं : अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा काठमाडौंबाट एक युवती पक्राउ परेकी  छिन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले धूपको डब्बामा फल्स बर्टन बनाएर चरेस तस्करी गर्ने नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया कान्छीमाया घलेलाई सुन्धाराबाट पक्राउ गरेको हो । 

वैदेशिक हुलाक भन्सार कार्यालयबाट हङकङ पार्सल गरेर चरेस पठाउँदै गर्दा कान्छीमायालाई पक्राउ गरिएको ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले जानकारी दिए । 

उनले भने, ‘विशेष सुराकीका आधारमा गएको टोलीले कान्छीमायाको साथबाट १४८ वटा अगरबत्तीको डब्बा बरामद गरेको थियो । जसमा फल्स बटम बनाएर चरेस राखिएका थिए ।’

त्यो चरेस कसलाई पठाउन लागिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेकी युवती पूर्वेली मिनी डान्सबारमा नाच्ने काम गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्