वर्तमान संविधान विरोधाभाषपूर्ण छ : उपेन्द्र यादव



जनकपुरधाम : समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान विरोधाभाषपूर्ण रहेको टिप्पणी गरेका छन् ।

नेपाल बौद्धिक पेशाकर्मी महासंघले आयोजना गरेको कार्यक्रममा वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयक कार्यशालामा उनले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको जिकिर गरे ।

यस संविधानप्रति जनताले अपनत्व ग्रहण गर्न नसकेको बताए । उनले संविधानले संरचनागत विभेदलाई संस्थागत गरेको हुदा संशोधनको विकल्प नरहेको बताए । कार्यक्रममा समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन विना मुलुकले राजनीति स्थिरता प्राप्त नहुने बताउदै संशोधनका लागी शसक्त रुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘सहमतिमा संविधान संशोधन गर्न सरकार तयार नभएपछि अब सडक संघर्ष बाहेकको हामीसंग विकल्प छैन ।’

कार्यक्रममा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले पनि संविधान संशोधनको विकल्प नरहेको धारणा राखे । उनले भने,‘अब राजपा र समाजवादी पार्टी एक भएर संविधान संशोधनको लागि अघि बढनु आवश्यक छ ।’ राजपा र समाजवादी पार्टी विच दूरी बढाउन विभिन्न चलखेलहरु भइरहेकाले शीर्ष नेतृत्वलाई सतर्क रहन आग्रह गरे ।

बौद्धिक पेशाकर्मी महासंघका अध्यक्ष कृष्णा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नवराज सुवेदीले संविधान संशोधनको अपरिहार्यता विषयमा ९ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यपत्र माथि निति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, बरिष्ठ पत्रकार राम भरोष कापडि र बरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंहले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्