ब्रह्मानन्दम अस्वस्थ, मुटुको बाइपास सर्जरी गरियो



काठमाडौं : चर्चित भारतीय हास्यकलाकार ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया गरिएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा सबैभन्दा धेरै फिल्म खेल्ने कालकारको पहिचान बनाएका ब्रह्मानन्दमको मुम्बईस्थित एसियन हार्ट इन्स्टिच्युटमा गत सोमबार मुटुको बाइपास सर्जरी गरिएको हो ।

गत आइतबार श्वासप्रश्वासमा अचानक समस्या आएपछि ६२ वर्षीय यी कलाकारलाई उनका दुई छोराहरू राजा र सिदार्थले अस्पताल पुर्‍याएका थिए । 

स्वास्थ्य परीक्षण पश्चात् ब्रह्मानन्दमको सर्जरी गरिएको थियो । चर्चित मुटु सर्जन रामाकान्त पान्डाले उनको शल्यक्रिया गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शल्यक्रिया पछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनलाई अब्जर्भेसनका लागि अझै केही दिन अस्पतालमा राखिने उनको परिवारले जनाएको छ ।

भारतको चर्चिच पद्मा श्री अवार्ड समेत पाएका ब्रह्मानन्दमले विभिन्न भाषामा एक हजारभन्दा बढी फिल्महरू खेलेका छन् । उनले सन् १९८५ देखि आफ्नो फिल्मी करियर सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्