दुवै अध्यक्ष व्यस्त भन्दै नेकपाको सचिवालय बैठक स्थगित



काठमाडौँ : नेताहरुबीचको विवादको टुंगो नलागेपछि आइतवार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।

 

नेकपाका फरक फरक गुटका नेताहरुबीचको विवाद अहिले सतहमा आएको छ । विशेषगरी नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवादले अझैं निकास लिएको छैन । वरिष्ठ नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका छन् । 

अाइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा छलफल हुने बताइएको थियो । 

गत असोज ५ गतेको सचिवालय बैठकका निर्णय विवादमा आएपछि यो बैठक बस्न लागेको थियो । वरिष्ठ नेता नेपालको असहमतिपछि दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शुक्रबार भएको छलफलले सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो । 

बैठकमा नेता नेपालको असहमति पत्र, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यबारे पूर्वनिर्धारित मापदण्डमा थप मापदण्ड बनाउने विषयमा छलफल गर्ने योजना थियो । 

प्रतिक्रिया दिनुहोस्