अपडेट : ४ करोड धरौटी बुझाएर छुटे पूर्व वनमन्त्री पाण्डे



काठमाडौं : भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व वनमन्त्री तथा कालिका कन्ट्रक्सनका मालिक विक्रम पाण्डे चार करोड धरौटी बुझाएर रिहा भएका छन्।

 

विशेष अदातलले पाण्डेसँग धरौटी माग गरेको थियो। आजै अदातल हाजिर भएका पाण्डेले ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएकोे विशेष अदालतले जनाएको छ।

 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपाका नेता पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मंसिर २१ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

 

अख्तियारले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै मुद्दा आयोजना प्रमुखसहित अन्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्