६५ वर्षिया बृद्धालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ



बिर्तामोड : झापाको झापा गाउँपालिकामा एक बृद्धालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । झापा–२ का १९ वर्षीय लक्ष्मण चौधरी स्थानीय ६५ वर्षीया एक बृद्धलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

 

यही मंगलबार राति बृद्धालाई चौधरीले करणी गरेको भन्ने उजुरीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।

 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्