सानेपा हत्याकाण्डको यस्तो छ ‘क्राइम सिन’


काठमाडौं : पूर्व सचिव अर्जुन कार्कीको घरमा ५–६ महिना अगाडी चोरी भएको थियो । त्यो घटना अहिलेसम्म कसले गर्यो भन्ने कुरा अहिलेसम्म खुल्न आएको छैन । चोरीको घटना सेलाउन नपाउँदै कार्कीको घरमा अर्को बज्रपात पर्यो त्यो हो – कार्कीकी श्रीमती मुनाको हत्या ।

जुन घटनाले हिजो सोमबार दिनभरी काठमाडौलाई त्रसित बनायो । कार्कीकी श्रीमती मुना कार्कीलाई उनकै घरमा काम गर्न बसेका विजय चौधरीले हत्या गरेको खुल्यो पनि । तर किन र के कारण हत्या गरे भन्ने विषय अझै पनि खुल्न सकेको छैन ।

कार्कीको घरमा रहेको सिसिटिभी फुटेज हेर्दा बिहान १० बजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाइरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाए र बल लगाएर उनलाइ भुइँमा लडाए । भुइँमा लडाएपछि चौधरीले मुनाको टाउको समाएर भुइमा बेस्सरी बजारेको देखिन्छ ।

करिव पाँच मिनेट लामो यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ ।


मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुमको अगाडि ढोकाछेउमै डोरी लगाएर आत्महत्या गरेको दिखिन्छ । सिसिक्यामेरा फुटेज अनुसार, बिहान १०ः२० देखि १०ः४० बजेसम्म भित्र उक्त हत्याकाण्ड भएको देखिन्छ ।


घर पुगेको कार्कीले प्रहरीलाई खबर गरेपछि प्रहरी कार्कीको घरमा पुग्छन् । उनको हलका ढुकढुकी बाँकी रहेको देखिएपछि उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएकोमा उनको घरमै प्राणपखेरु उडेको भन्दै डाक्टरले मृत घोषणाा गरिदिन्छन् ।


यसरी कुनै फिल्मको दृश्यझै लाग्ने यो घटनाले सबैको मनमा भावविह्वलताका साथै त्रसित तुल्याएको छ । आफैले विश्वास गरेर राखिएको मान्छेबाटै हत्यासम्मको जघन्य अपराध होला भनेर सायद कार्की दम्पत्तिले सोचेका पनि थिएनन् होला । तर भयो त्यस्तै । आखिर के कारणले यी सब घटना भयो त भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाका विषयमा विस्तृत त अनुसन्धानपछि नै थाहा हुन्छ ।

र्की दम्पत्तीको दुई छोरा विदेशमा रहेका छन् । एक छोरालाई स्कुल पठाउन घरका अर्की महिला कामदार बाहिर गएको बेला उक्त घटना भएको देखिन्छ । घटना संकास्पद देखिएकोले विभिन्न काणबाट अनुसन्धान भईरहेको महानगरीय ललितपुरका डिएसपी सन्तोस तामाङले बताएका छन् ।

यस विषयमा रिपोर्ट आएपछि मात्रै केही भन्न सकिने बताईन्छ । मृतक चौधरीको पाईन्टमा विर्य भेटिएकोले कतै बलात्कारका लागि हत्यासम्मको दुर्घटना भएको त होईन भन्ने प्रश्न पनि उठ्न थालेको छ । तर अनुसन्धान अधिकृतहरु आत्महत्याका क्रममा दिसा,पिसाव र विर्य स्खलन हुन सक्ने भएकोले यसै भन्न सकनिे अवस्था नरहेको बताउँछन् । त्यस्तै चौधरीकौ पाईन्टमा रगत पनि देखिएको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।

अहिले महानगरीय अपराध महाशाखा र ललितपुर प्रहरीले यसविषयमा अनुसन्धान जारी राखेको छ । यससम्बन्धी सत्य तथ्य त अनुसन्धानपछि खुल्ला नै ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको

महोत्तरी : सोनमा गाउँपालिकाका २५ वर्षिय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल