विद्युत् प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर



काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुमाथि रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले केही दिन पहिले इलेक्ट्रिकल सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामागर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनीलाई घुस माग्दा माग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । 

 

उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्