नेकपाकी सांसद भन्छिन्, स्वस्थानीका पानाहरु च्यात्नुपर्छ



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानीका पानाहरु च्यात्नुपर्ने माग राखेकी छिन् ।

उनले मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै स्वस्थानी ब्रतकथाले अन्धविश्वास बोकेको भन्दै त्यसका पानाहरु च्यात्न माग गरेकी हुन् ।

उनले सरकारको छाउगोठ भत्काउने काम स्वागतयोग्य भएको बताउँदै महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वस्थानी च्यात्न सरकारसमक्ष माग गरेकी थिइन् ।

उनले छाउँसँग जोडिएको धर्म, संस्कृति र परम्परा हटाउनुपर्ने भन्दै भनिन्, ‘‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्