मधेसवादी पार्टीहरु सत्ता र मधेसीका नाममा दलाली गर्छन् : डा. सिके राउत



वीरगञ्ज : जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले मधेसवादी पार्टीले सत्ताका लागि मधेस र मधेसीको नाममा दलाली गर्दै आएको आरोप लगाएका छन् ।

मङगलवार जनमत पार्टी पर्साले वीरगन्जमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सिके राउतले मधेसमा मधेसवादी पार्टीले जंगलराज कायम गरी गुण्डा परिचालन गरेको आरोप समेत लगाएका छन् ।

उनले प्रदेश २ का समाजवादी पार्टी र राजपाले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण गरेर मधेसमा लुटतन्त्र मच्चाइरहेको पनि आरोप लगाए ।

मधेसमा अहिले रहेको भ्रष्टचारी र गुण्डाहरुको जंगलराजलार्इ हटाएर जनताको राज ल्याउन जनमत पार्टी स्थापना गरेको बताए ।

मधेसी जनताको रगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका समाजवादी र राजपाले अहिले सत्तामा पुगेपछि मधेसी जनतामाथि शोषण र दमन गरिहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्