चार वर्षकी छाेरीसहित सिके राउत र अन्य ३ जना पक्राउ



रौतहट : स्वतन्त्र मधेस प्रदेशको माग गर्दै आएका डा. सिके राउतसहित तीनजना पक्राउ परेका छन्।  प्रहरी उपरीक्षक (एसपी) केदार ढकालका अनुसार ‍उनी जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ परेका हुन्। राउतसँगै उनकी चार वर्षिया छाेरी पनि पक्राउ परेकी छन् ।

 

 जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो। 

 

राउतले असोज ३ गते संविधान दिवसको दिनलाई कालो दिनको रूपमा मनाउन थालेपछि प्रहरीले पक्राउ गर्न खोजी अभियान तीव्र पारेको थियो।

 

प्रतिक्रिया दिनुहोस्