बम्जनले सर्लाहीकी अर्की एक आनी पनि बेपत्ता बनाएको उजुरी



काठमाडाै‌ं: रामबहादुर बम्जनको आश्रमबाट अर्की एक आनी पनि बेपत्ता भएको प्रहरीमा उजुरी परेको छ।

बागमती नगरपालिका–१२ काजीराम टोलकी सोमनी बोटले २९ वर्षीया छोरी रीता ९ वर्षदेखि बेपत्ता रहेकाले खोजतलास गरिदिन निवेदन दिएको सर्लाहीका प्रहरी उपरीक्षक एसपी पोषराज पोखरेलले बताएको खबर आजको कान्तिपुरले छापेको छ।

रीता ०६३ सालमा बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न गएको परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्