सेनाका जवानलाई डीडीसीको दूध



काठमाडौं : दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको दूध नेपाली सेनाका जवानहरूलाई पिउन दिन थालिएको छ । वेलावेलामा देखिने गरेको ‘मिल्क होलिडे’ कम गर्नका लागि डीडीसीले उत्पादित दूध नेपाली सेनाका जवानका लागि उपलब्ध गराउन थालेको हो । 

नेपाली सेनाका देशभरका ९० हजार जवानले दैनिक रूपमा डीडीसीको दूध पिउन थालेमा दूध खपत बढ्ने डीडीसीको दाबी छ । डीडीसीले धुलो दूधका रूपमा डेरी ह्वाइटनर र होल मिल्क पाउडर नेपाली सेनालाई दिने भएको छ । 

यसअघि नेपाली सेनाले आफ्न जवानलाई चौधरी ग्रुपले उत्पादन गरेको मिल्क पाउडर (घुतांशरहित धुलो दूध) दिँदै आइरहेको थियो । पछि त्यसमा समस्या देखेपछि नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले उत्पादन गर्ने डेरी ह्वाइटनर दूध प्रयोग गर्न थालेको हो । 

निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपानेका अनुसार डीडीसी र नेपाली सेनाबीच सम्झौता भई दूध आपूर्ति सुरु गरिसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्