आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल


काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ । सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन् । नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ । जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ । नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन् । अन्य देशका क्रिकेट खेलाडी यहाँका दर्शकबाट निकै प्रभावित हुँदै आएका छन् । उनीहरुले यहाँका दर्शकलाई जितमा मुख्य बाधकका रूपमा लिने गर्छन् । घरेलु मैदानमा लिग दुईको प्रारम्भ गरेको नेपाली क्रिकेट टोलीले आफ्ना दर्शकलाई निराश पारेको छ । अमेरिकासितको खेलमा नेपाली क्रिकेट खेलाडीको ध्यान उक्त कुरामा केन्द्रित हुनेछ । त्यसैले अमेरिकासितको आजको खेलमा विजयी हुँदै नेपाली क्रिकेट टोली घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ ।

त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसित निरीह बने पनि अमेरिकासितको खेलमा भने आफूलाई अब्बल सावित गर्न लालायित छ । नेपाल अमेरिकामाथि हावी छ । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । नेपालको ओपनिङ खासै जम्न सकेको छैन । ओमानसितको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए । दुवै जनाबीच मात्र चार रनको साझेदारी भयो । यसले नेपालको ओपनिङको व्यापक आलोचना भएको थियो ।

ओमानसितको खेलमा शरद भेषवाकर घाइते बनेपछि सुवास खकुरेलले ओपनिङ गर्दै आएका छन् । उनलाई कप्तान ज्ञानेन्द्रले साथ दिइरहेका छन् । सुवासले पनि आशा गरेअनुरुपको ओपनिङ गर्न सकेका छैनन् । उनले अमेरिकासितको पहिलो खेलमा तीन रन बनाएका थिए । ओमानसितको दोस्रो खेलमा भने ब्याटिङमा सुधार गर्दै उनले २२ रन बनाए । सुवासको तुलनामा ज्ञानेन्द्रको ब्याटिङबाट नेपालले आस गर्ने ठाउँ छ । उनले अमेरिकासितको पहिलो खेलमा २१ रन बनाएका थिए भने ओमानसितको दोस्रो खेलमा ५६ रनको अर्धशतकीय पारी खेले ।

अमेरिकासितको अन्तिम खेलमा नेपालको ध्यान सुदृढ ओपनिङमा हुनेछ । ब्याटिङमा नेपाल अघिल्ला खेलहरुमा जस्तै ज्ञानेन्द्र, पारस खड्का दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी र आरिफ शेखमाथि निर्भर रहनेछ । नेपालका तर्फबाट शरद, ज्ञानेन्द्र, कुशल गौतम र विनोदले अर्धशतकीय पारी खेलेका छन् । यीमध्ये शरद चोटका कारण अहिले विश्राम गरिरहेका छन् । त्यसैले आजको खेलमा बाँकी तीनै जनामाथि नेपाल निर्भर रहनेछ । यसबाहेक ब्याटिङमा नेपालको ध्यान पारस, आरिफ र उपकप्तान दीपेन्द्रमाथि हुनेछ ।

दीपेन्द्र ओमानसितको पहिलो खेलमा मात्र चल्न सके । बाँकी दुई खेलमा उनी बिनारन पभेलियन फर्केका थिए । पारसले अमेरिकासितको पहिलो खेलमा १९ तथा ओमानसितको दोस्रो खेलमा ३८ रन बनाए । आरिफले ओमानसितको दोस्रो खेलमा मात्र २८ रन बनाउन सकेका थिए । अन्य खेलमा उनको ब्याटिङ राम्रो रहेन । नेपाली टोलीको ब्याटिङभन्दा पनि बलिङ नै राम्रो देखिन्छ । ओमानसितको दोस्रो खेलमा बलरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल उक्त खेलमा आठ विकेटले पराजित हुन पुग्यो ।

नेपालका लागि सन्दीप लामिछाने, करन केसी र सुशन भारी नै जितका मुख्य आधार हुन् । करनले हालसम्म तीन खेलमा आठ विकेट लिएका छन् । यस्तै सुशन भारीले सात विकेट तथा सन्दीपले दुई विकेट मात्र लिएका छन् । कुशल मल्ल पनि किफायती बलरका रूपमा देखिएका छन् । उनको ब्याटिङसँगै बलिङ पनि राम्रो छ ।

जारी सिरजिमा तीनवटै खेल हारिसकेको अमेरिका ब्याटिङका लागि इयान होल्याण्ड, अक्षय होमराज, मोनाङ्क पटेल, जेभियर मार्शल र आरोन जोन्समाथि निर्भर रहनेछ । अमेरिकाको ओपनिङ अहिलेसम्म खासै जम्न सकेको छैन । ओमानसितको पहिलो खेलमा प्रारम्भिक ब्याटस्म्यान मार्शल र आरोनले २५ रनको साझेदारी निभाएका थिए । सो खेलमा मार्शलले १३ रन तथा आरोनले १२ रन बनाए । नेपालसितको पहिलो खेलमा पनि उनीहरु सफल हुन सकेका थिएनन् । उक्त खेलमा मार्शलले मात्र दुई रन बनाएका थिए । आरोनले पाँच रन हानेका थिए । मार्शलले ओमानसितको दोस्रो खेलमा २३ रन बनाए भने आरोनले अविजित ४७ रनको योगदान दिए ।

अमेरिकाका लागि सबैभन्दा भरपर्दा ब्याटस्म्यान अहिलेसम्म इयान होल्याण्ड देखिएका छन् । उनले ओमानसितको पहिलो खेलमा ६५ रन, नेपालसितको पहिलो खेलमा ७५ रन तथा ओमानसितको दोस्रो खेलमा २८ रन बनाएका थिए । यस्तै निसर्ग पटेलले ओमानसितको दोस्रो खेलमा ५२ रन बनाए । यसबाहेक अक्षय होमराजले ओमानसितको पहिलो खेलमा ४४ रन बनाउनुबाहेक अन्य ब्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेका छैनन् ।

यस्तै बलिङतर्फ अमेरिका कप्तान सौरभ नेत्रावाल्कर, केमरुन स्टभेन्सन, स्टेभन टेलर, रुस्टी थेरेन, इयान होल्याण्ड र एलमोर हुचिन्सनमाथि भर पर्नेछ । हालसम्म खेलेका तीन खेलमा सौरभले छ विकेट लिएका छन् । थेरनले चार तथा केमरुनले तीन विकेट लिएका छन् । अन्यले एक–एक विकेट मात्र लिएका छन् । केमरुनले नेपालसितको खेलमा तीन विकेट लिएका थिए भने सौरभले दुई विकेट लिएका थिए । सौरभ र थेरनले ओमानसितको दोस्रो खेलमा तीन–तीन विकेट लिएका छन् ।

समग्रमा नेपाल र अमेरिकाले अन्तिम खेलमा जित हासिल गर्नका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा नै ध्यान दिनुपर्नेछ । अमेरिकाले ओमानसितको दुवै खेल हारेपछि लिग दुईको शीर्षस्थान गुमाइसकेको छ । अमेरिका हालसम्म खेलेका ११ खेलमध्ये छ मा जित तथा पाँचमा हारसहित १२ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । नेपालले हालसम्म खेलेको तीन खेलमध्ये दुईमा हार तथा एकमा जित निकालेको छ । नेपालले दुई अङ्क बटुलेको छ । -रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट आज सोमबार थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना

वीरगञ्ज : पुल निर्माण कार्यमा विवाद भएपछि बारा र रौतहटका स्थानियबीच झडप भएको छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि

काठमाडौं : शैलुङ र होनीको कम्पनीले सरकारविरुद्ध उच्च अदालत पाटनमा तेस्रो मुद्दा दायर गरेको छ

विराटनगर : कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भर सामान्यतया बदली रही देशका केही स्थानहरुमा

काठमाडौं : चितवनमा बुद्ध र यती एयरलाइन्सरले आज दुई–दुई उडान गर्ने भएको छ । झण्डै

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मोदीका

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५,