डा. केसीको माग बारे कांग्रेसले यसो भन्यो



काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो भुमिकाका कारण प्राध्यापक डा. गोविन्द केसी अनसन बस्न बाध्य भएको ठहर गरेको छ । डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले प्रधानमन्त्री कै अग्रसरता र वचनको सम्झौता इमान्दारी पूर्वक कार्यान्वयन हुन नसक्नु दुःखद र दुर्भाग्यपूर्ण भएको पनि जनाएको छ ।

डा. केसीले थाल्नु भएको आमरण अनसन आठ दिन पुग्दै गर्दा उहाँको विग्रदै गएको स्वास्थ्य स्थिति र सरकारको संवेदना शून्य भूमिकाप्रति कांग्रेस सचेत भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदना सून्य ढंगले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद भएको बताए ।

वुधवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले डा. केसीको अनशन र माग बारेमा सरकारलाई तत्काल गम्भीर बन्न आग्रह पनि गरेका नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्