ससुराद्वारा ज्यान मार्ने धम्की पाएकी सानुमायाले अझै पाइनन् न्याय


सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिरहेकी छन् । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गरेकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउछिन् ।

नेपाली सेनामा कार्यरत श्रीमानको समेत विसं २०७५ असोज २ गते कमलपित्त (जन्डिस) का कारण मृत्यु भएपछि ससुरा रुङ्थे राईले घर निकाला गरेको पीडित राईको भनाइ छ । एक छोरा र दुई छोरीसमेतको जायजन्म भए पनि हाल आफू एक्लै बस्नुपर्ने बाध्यता रहेको सानुमायाको भनाइ छ । दश वर्षको छोरा निरोज राई, छ वर्षकी छोरी निर्जला राई र चार वर्षकी छोरी सिर्जना राई भए पनि ससुराले ज्यान मार्ने धम्की दिएर बालबच्चाको इच्छाविपरीत उनीहरूलाई जबर्जस्ती घरमा राखेर आफूलाई निकालेको उनको भनाइ छ ।

श्रीमान भए पनि घरमा बारम्बार गालीगलौज गर्ने, खानलाउनसमेत नदिने सानुमायाको गुनासो छ । “छोराछोरी मलाई देख्दा रोइकराई गर्छन्”, राईले भने, “संविधानतः पाँच वर्षको छोराछोरी आमाको साथमा हुनुपर्ने, उचित समयमा शिक्षा पाउनुपर्ने भए पनि त्यसको समेत उल्लङ्घन भएको छ ।”

सानुमायाले घर निकाला भएपछि २०७५ असोज २४ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमार्फत उजुरी दर्ता गरेका थिए । प्रहरीका अनुसार असोज २७ गते छलफल गरी मिलापत्र गराएको भए पनि ससुराले पुरानै व्यवहार दोहो-याउँदा घरसमेत फर्कन नसकेको राईले गुनासो गरे । “घरमा जाने अवस्था भएन, मेरो छोराछोरी लगेर गए”, राईले भने, “म देवरको घरमा बसेँ, माइत घरमा जान पनि डर लाग्यो, अहिले मेरो ज्यानको सुरक्षा छैन, तर पनि प्रहरीले समेत न्याय दिलाउन सकेन ।”

श्रीमान हुँदासमेत घरमा खानालाउन राम्रोसँग नपाएको सानुमायाले बताइन् । श्रीमानको मृत्युपश्चात नेपाली सेनाबाट प्राप्त गर्ने सेवासुविधाका लागि छोराछोरीसहित ‘हेडक्वार्टर’मा जानुपर्ने भए पनि छोराछोरी नदिएपछि सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको उनको भनाइ छ । “मेरो उद्देश्य केही छैन, आफू अनपढ भएर दुःख पाएकैले पनि जस्तोसुकै कष्ट सहेर भए पनि मेरा छोराछोरीलाई राम्रो शिक्षा दिन्छु ।” प्रहरी कार्यालयबाट समेत न्याय नपाएपछि इन्सेक सोलुखुम्बुको शरणमा आएकी सानुमायाले आँशु झार्दै भनिन्, “विद्यालय जाने उमेरका मेरा छोराछोरी विद्यालय जान पनि पाएका छैनन्, राम्रो खानलाउन पनि पाएनन्, हरेक अधिकारबाट वञ्चित गराइयो ।”

सानुमायाका ससुरा रुङ्थे राईलाई बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले एकपटक सामान्य छलफल गराएको भए पनि पुनः नआएपछि समस्या समाधान भएको महसुस भएको बताए । उनले तत्कालै प्रहरी कार्यालयमा दुवै पक्षलाई राखी कानूनसम्मत छोराछोरी आमाको जिम्मा लगाउने र सेनाबाट पाउने सेवासुविधा प्राप्त गर्ने वातावरण सिर्जना गरिदिने बताए ।

के छ कानूनी व्यवस्था ?

मुलुकी देवानीसंहिता, २०७४ को भाग ३ को परिच्छेद ४ को दफा ११५ को उपदफा १ (क) मा पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभए पनि निजले चाहेमा आमाको जिम्मा, सोही उपदफाको (ख) मा पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेको बाहेक निजले चाहेमा निजको जिम्मा रहने व्यवस्था उल्लेख छ । उपदफा १ ले सानुमायाको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने देखिन्छ ।

सोही दफाको उपदफा ४ मा कुनै नाबालक यस दफाअन्तर्गत आमा वा बाबुमध्ये कुनैको जिम्मा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनुपर्ने छ भन्नेसमेत उल्लेख गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको

महोत्तरी : सोनमा गाउँपालिकाका २५ वर्षिय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल