आइसीसी विश्वकप लिग दुई : अमेरिकामाथि नेपालको किर्तिमानी जित



काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो ।

अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बााकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले सुखद अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्