सुदूरपश्चिम प्रदेश सभा: चार सभाका सभापति निर्विराेध निर्वाचित



कैलाली : सुदूरपश्चिम प्रदेश सभाका विभिन्न चारवटा समितिका सभापति निर्विरोध रुपमा चयन भएका छन । आइतबार दिउँसो उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोमा चारवटै समितिमा १ र १ जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो । यद्यपी उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्म ताेकिएकाे थियाे ।

 

चारवटा समितिमध्ये तीन जना सत्ता पक्ष नेकपाका र एक जना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाटका सभापति निर्विरोध भएका हुन् । निर्विरोध हुनेमा अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर गोविन्द, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालू चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बम रहेकी छन् । कुँवर, जोशी, चौधरी नेकपा र बम नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हुन् ।

 

सभापतिका उम्मेदवारी दर्ता गर्न उम्मेदवारसहित सत्तापक्ष प्रमुख सचेतक तारा लामा तामाङ र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलसँगै प्रदेश सभा सचिवालय पुगेका थिए ।

 

निर्विरोध भएको औपचारिकता घोषणा भने सोमबारको प्रदेश सभा बैठकमा हुने कानुन अधिकृत तेजप्रकाश जोशीले बताए । सभापतिहरुको सोमबार नै सपथ हुने पनि जोशीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्