१२ वर्षपछि भारतबाट आफ्नै हेलिकोप्टरमा फर्किए प्रधानसेनापति



काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा भारतबाट नेपाली सेनाकै हेलिकोप्टरमा स्वदेश फर्किएका छन् ।  भारतको औपचारिक भ्रमण पूरागरि बुधबार नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट स्वदेश फर्केका हुन् । 

१२ वर्षअधि तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवालले पनि भारतको औपचारिक भ्रमणमा जाँदा र स्वेदश फिर्ता हुँदा नेपाली सेनाकै जहाज प्रयोग गरेका थिए । प्रधानसेनापति थापा पुस २७गते भारतीय स्थल सेनाको मानार्थ महारथी सम्मान ग्रहण गर्न दिल्ली गएका थिए । 

सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालका अनुसार प्रधानसेनापति थापा लखनउबाट इमआई–१७ हेलिकोप्टरबाट विमानस्थल ओर्लिएका हुन् । 

 ‘पछिल्लो १२ वर्गायता प्रधानसेनापतिज्यूहरु गैरसैनिक जहाजमार्फत् भारतको औपचारिक भ्रमण पूरा गरी फिर्ता हुनुभएको थियो ।’ सैनिक प्रवक्ता ढकालले भने, ‘यस पटक प्रधानसेनापति नेपाली सेनाकै एमआई–१७ हेलिकोप्टरमा औपचारिक भ्रमण पूरा लखनउबाट काठमाडौं आउनु भएको छ ।’ आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्