ज्वरो आएपछि कोरोना भाइरसको डरले आत्महत्या



एजेन्सी : भारतको आन्द्र प्रदेशमा एक जनाले कोरोना भाइरसको डरले आत्महत्या गरेका छन् । आन्द्र प्रदेशको चितुरका ५० वर्षीय बालाकृष्ण्यले आफूलाई ज्वरो आएपछि कोरोना लागेको आशंकामा परिवार र छिमेकीलाई सर्ने डरले आत्महत्या गरेका हुन् ।

उनलाई ज्वरो आएको थियो । ज्वरो आएपछि तिरुपतिको रुइया अस्पताल गएका बालाकृष्ण्यलाई डाक्टरले मास्क लगाउने सल्लाह दिएका थिए । उनका छोरा मालामुरलीका अनुसार उनी मुटुको बिरामी भएकाले चेकजाँच गर्न गएको र डाक्टरले मास्क लगाउने सल्लाह दिएपछि गलत अर्थ बुझेर कोरोनाको संक्रमण भएको आशंकामा आत्महत्या गरेका हुन् ।

उनले अगाडि थपे, ‘उहाँ हामीलाई आफ्नो नजिक जान पनि दिनु हुन्नथ्यो। मैले बुवालाई यो कोरोनाको संक्रमण भएको होइन भनेर भनेँ तर मलाई सुन्नुभएन। उहाँलाई राम्रो काउन्सिलिङ हुन सकेन। सोमबार उहाँले हामीलाई घरमा बन्द गरेर आफू रुखमा झुण्डिएर आत्महत्या गर्नुभयो।’

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारी रुप लिइसकेको छ। चीनमा मात्रै हालसम्म एघार सय भन्दा बढीले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने झण्डै ४५ हजारलाई संक्रमण भएको छ।

प्रतिक्रिया दिनुहोस्