कपाल झरेर हैरान हुनुहुन्छ ? रोक्न यस्तो छ घरेलु उपाय



– तोरी, नरिवल वा सस्र्युँको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने । 

– ग्रिन टीसहितको पानी मनतातो बनाएर कपालमा लगाई केहीबेरमा धुने । ग्रिन टीमा एन्टिअक्सिडेन्ट तत्व हुने भएकाले कपाल झर्नबाट रोक्नुका साथै कपाल छिटो बढ्छ । 

– टाउकोमा दिनहुँ हल्का मसाज गर्ने । यसले जरामा रक्तसञ्चार भई कपाल झर्नबाट रोक्छ । 

– मेथीको रसमा दही मिसाएर कपालमा लगाउने र करिब एक घन्टापछि पखाल्ने । यसले कपाल झर्ने समस्यासँगै चाया पर्नबाट समेत बचाउँछ ।

– प्याजलाई काटेर कपाल झरेको ठाउँमा नियमित मसाज गर्दा कपाल झर्न बन्द हुनुका साथै नयाँ कपालसमेत उम्रन्छ ।  

– तनावका कारणसमेत कपाल झर्ने हुन्छ । यसर्थ, तनाव व्यवस्थापन गर्नु आवश्वक छ । दैनिक योग गरेमा शरीरमा हर्मोनको मात्रा सन्तुलित राख्नुका साथै तनाव व्यवस्थापन पनि हुन्छ । 

प्रतिक्रिया दिनुहोस्