ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

बुधबार ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वयलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्