जब सलमानले ऐश्वर्यालाई घिसारे लगे…



एजेन्सी : आज पनि सलमान खानका लवका किस्साहरु उत्तिकै चर्चित रहेका छन् । सबैभन्दा बढी चर्चामा रह्यो उनको र ऐश्वर्याको सम्बन्ध ।

सन् २००० को सुरुवातसँगै उनीहरुको प्रेम सम्बन्ध निकै उचाइमा रहेको थियो । एकपछि अर्को घटना घट्दै गएपछि उनीहरुबीच एकाएक सम्बन्ध बिग्रिन थाल्यो ।

ऐश्वर्यालाई अन्य अभिनेताको नजिक पनि देख्न नचाहने सलमान खान सन् २००३ मा सार्वजनिक भएको फिल्म ‘कुछ ना कहो’ को छायाँकनमा व्यस्त रहेकी ऐश्वर्यासँग विवाद गर्न सलमान छायांकनस्थलमै पुगे ।

विवादकै क्रममा सलमानले धक्का दिएपछि ऐश्वर्या भुइँमा पछारिइन् । त्यतिबेला अभिषेक बच्चन पनि घटनास्थलमै थिए ।

त्यसको केही महिनापछि शाहरूख खानको फिल्म ‘चलते चलते’मा ऐश्वर्या छायांकन गर्दै थिइन् । छायाँकनस्थल पुगेर सलमानले पुनः बबन्डर मच्चाए । ऐश्वर्यालाई घिसारेर लैजान पुगे ।

‘शाहरूख र अरू कतिपय सहकर्मीसँग मेरो लसपस छ भन्ने आरोप लगाउँथ्यो,’ यसबारे ऐश्वर्याले पछि भनिन्, ‘ऊसँग मैले बिताएका सबै क्षण मेरो जीवनका दुःस्वप्न हुन् जस्तो लाग्छ ।’ सलमानको जीवनमा ऐश्वर्याभन्दा अगाडि र पछाडि थुप्रै युवती थिए । तर, ऐश्वर्यासँग जति हुरुक्क उनी कसैसँग भएनन् ।

आज पनि आफ्ना निकटवर्तीहरूसँग सलमानले ऐश्वर्यासँग गरेको व्यवहारप्रति पछुतो मान्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्