एक उदाहरणिय युवा: जन्मदिनमा साथीहरुको मन दुखाएर सामाजिक सेवा 



धनगढी : कैलाली घोडाघोडी नगरपालिका- २ नयाँ बजारका सनेस शाहीले दृष्टि फाउण्डेसनलाई जनमदिनको अवसरमा खाद्य सामाग्री वितरण गरेका छन् ।

 

उनले साथीहरुको केक काट्ने प्रस्तावलाई अस्विकार गरी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद मार्फत् पत्रकारहरुको उपस्थितिमा दृष्टि फाउण्डेसनलाई ९० केजी चामल, १५ किलोग्राम दाल र १ पेटी स्याउ दृष्टि फउण्डेसनकी महासचिव सर्मिला बागचनलाई हस्तान्तरण गरेका हुन् । 

 

शाहीले १७ औं जन्म उत्सव देखी २२ औं जन्म उत्सव सम्म यसरी नै असहाय, अपाङ्ग, अनाथ, गरिब र दिन दु:खीहरुलाई सहयोग गरी जन्म दिन मनाएको बताए ।  

 

उनले भने, 'जन्म दिनको अवसरमा बेफजुलको खर्च गर्ने रकम सामाजिक कार्यमा खर्च गर्ने उद्श्यले सो सामाग्री वितरण गरेको हुँ, यसरी विभिन्न सामाजिक कार्यहरु गर्दा आफैंलाई छुट्टै आनन्द र खुशीको अनुभव हुन्छ, थुप्रै साथिहरुको केक काटेर जन्मदिन मनाउने प्रस्ताव समेत अस्विकार गरेँ ।'

 

सो अवसरमा फाउण्डेसनकी महासचिव सर्मिला बागचन, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद लगायत उपस्थित सम्पुर्णले शाहिको जन्मदिनको शुभकामना व्यक्त गर्दै उज्जल भविष्यको कामना गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्