२५ ‘हेल्मेट प्राध्यापक’ बर्खास्त



काठमाडौं : त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ । त्रिविका आंगिक क्याम्पसमा पढाउन छाडेर निजीमा बढी समय दिएको भन्दै उनीहरू बर्खास्त भएका हुन् । 

प्राध्यापन क्षेधमा सरकारी कोटामा रहेर बाहिर बढी समय पढाउने प्राध्यापकलाई ुहेल्मेट प्राध्यापकुको रूपमा चिनिन्छ । लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । 

विश्वविद्यालयअन्तर्गत देशभर ६१ आंगिक क्याम्पस छन् । पछिल्लो एक वर्षमा ४० शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो, जसअन्तर्गत २५ शिक्षक र १५ कर्मचारी छन् । 

बर्खास्त हुनेमा उपप्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक र प्राध्यापक छन् । त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी पिनयम २०५० मा लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्नसक्ने उल्लेख छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्