भियाग्राले यसरी बनाउँछ अन्धो



एजेन्सी : यौनसम्पर्कमा थप आनन्द प्राप्त गर्न प्रयोग गरिने भियाग्राले अन्धोपना गराउने एक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानका अनुसार भियाग्राको प्रयोग सुरुमा हल्का डोजको गरिएपनि आवश्यकता अनुसार यसको मात्रा विस्तारै बढ्दै जाने भएकाले विस्तारै व्यक्तिको आखाँमा समस्या आउने गर्छ ।

फ्रन्टियर इन न्यूरोलोजीमा प्रकाशित रिपोर्टका अनुसार भियाग्राको कारणले आखाँमा समस्या आउने, रङहरु छुट्याउन नसक्ने र कुनै कुनै पुरुषहरुमा अन्धोपनासमेत गराउने गर्छ ।

टर्कीस्थित अडाना हस्पिटलका डाक्टर कुनेयत कारास्लानले बिशेषज्ञको सल्लाहविना ‘सेक्स एन्ग्जाइजी’ र ‘इरेक्टाइल डिसफन्क्शन’ को समाधानको लागि भियाग्रा प्रयोग गर्छन् ति मानिसहरुमा यस्तो समस्या देखापर्ने बताएका छन् ।

भियाग्राले डाइलेक्ट रक्तनलीहरुका मामंपेशीहरु बलियो बनाउने काम गर्छ भने यो औषधिको असर शरीरमा ३ देखि ५ घण्टासम्म रहन्छ ।

डाक्टर कुनेयत कारास्लानले १७ जनामा यस्तो असर देखेको बताए । ती सबै पुरुषहरु दृष्टिदोषको सिकार भएको पाइएको थियो । ति व्यक्तिहरुमा धमिलो देख्ने, आँखा रातो हुने जस्ता समस्या देखिएको थियो । तिनीहरुले १०० एमजीभन्दा बढीको डोज सेवन गर्ने गरेका थिए ।

डाक्टर कुनेयतले १०० एमजीभन्दा बढीको भियाग्रा सेवन गर्दा आखाँमा समस्या आउने साथै टाउको दुख्ने समस्या पनि पैदा हुने बताएका छन् ।

भियाग्रा सन् १९९८ मा पहिलोपटक बजारमा उपलब्ध भएको थियो । यो बजारमा आएसँगै यसको माग तीव्र गतिमा भयो । उक्त समय भियाग्रा इतिहासमा सबैभन्दा बढी बिक्री हुने औषधिको रुपमा चिनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्