कार्की हत्या र चौधरी आत्महत्या अनुसन्धान : महिला कामदार, ड्राइभर र प्लम्बरसँग प्रहरीले लियो बयान


काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीनजनासँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीनिवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो ।  ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन् । पार्टटाइम काम गर्ने महिला कामदारले भने विजय रिसाहा स्वभावको रहेको बयान दिएकी छिन् । 

परिसरका एसपी दुर्गा सिंहले घटनाको अनुसन्धानका क्रममा तीनजनासँग बयान लिएको बताइन् । ‘कार्कीनिवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले नयाँ पत्रिकासँग भनिन्, ‘महिला कामदारले विजय रिसाहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृतक कार्कीले पनि विजय रिसाहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको बयान उनको छ ।’ 

उनीहरूले हत्या भएकी कार्की भने असल भएको बयान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आनिबानी राम्रो भएको बयान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्वभाव थियो भनेका छन् ।’ तीनजनाको बयान सकिए पनि अन्य व्यक्तिसँग बयान लिने क्रम जारी रहेको उनले बताइन् ।

 दुवैको मोबाइल फरेन्सिक ल्याबमा
घटनाको कारण पहिल्याउन प्रहरीले हत्या भएकी कार्की र हत्यापछि आत्महत्या गरेका चौधरी दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाएको छ । कार्की परिवारको फोन डिटेल्सको पनि सूक्ष्म विश्लेषण गरिरहेको छ ।  ‘घटना संवेदनशील भएकाले विविध कोणबाट अध्ययन हुनु जरुरी छ । त्यसैले, घटनाअघि र घटनापछि घटनास्थल क्षेत्रमा एक्टिभ भएका फोन र एप्सहरूको अध्ययन भइरहेको छ । कल डिटेल्सको पनि अध्ययन भइरहेको छ,’ परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘डिलेट गरिएका कल, म्यासेज, भ्वाइस रेकर्डलगायत फरेन्सिक ल्याबमा रिकभर हुन्छ । अहिले नै निष्कर्ष निकाल्न सक्ने अवस्था छैन ।’ 

दुवै परिवारले शव बुझे, घटनाको निष्पक्ष छानबिन गर्न जाहेरी
दुवै मृतकको शव परिवारले बुझेका छन् । बुधबार कार्की र चौधरी परिवारले शव बुझेको प्रहरीले जनाएको छ । त्यस्तै, कार्कीका श्रीमान् अर्जुन र चौधरीका बुबा जानकीले घटनाको निष्पक्ष छानबिन गर्न प्रहरीमा छुट्टाछुट्टै जाहेरी दिएका छन् । ‘सद्गतका लागि दुवै परिवारले शव बुझेका छन्, घटना अनुसन्धानका लागि दुवै पक्षबाट जाहेरी पनि परेको छ,’ परिसर प्रमुख एसएसपी राईले भने । 

सोमबार सानेपास्थित कार्कीनिवासमै कार्की र चौधरी मृत भेटिएका थिए । निवासमा भएका सिसिक्यामेरा फुटेज हेरेपछि प्रहरीले कार्कीको हत्या घरेलु मजदुर चौधरीले नै गरेको पुष्टि गरेको छ । हत्यापछि चौधरीले आत्महत्या गरेको प्रहरी निष्कर्ष छ । तर, हत्याको कारणबारे थप अनुसन्धान गरिरहेको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित