भल्गारिटी र गायनबारे के भन्छिन् मिलन नेवार ?



काठमाडौं: बिहानी भालेको डाक संगै  मेरा छिमेकि खोल्सीठुले काका मिठो संगीतको धुन सहित गाईको दुध दुहुनु हुन्थ्यो । एकदिन उहांको घरको बिरालो सारैनै बिरामी पर्यो । काकाले अर्को मिठो गीत बजाउनु भयो । लाग्दथ्यो काका संगीतको पारखी हुनुहुदो हो । तर बिस्तारै  बुझ्दा कुरा त्यसो रहेनछ । फुर्सदमा एकदिन हामीलाई बताउनु भयो कि मानिसहरुले मात्र होइन संसारका सबै जीवले संगीतको आनन्द लिन सक्दछन, उत्प्रेरित गर्न सक्दछन । जुन कुरा पछिल्लो समय बिज्ञानले पनि सत्य साबित गरेको छ । मानिसका भावना लाई प्रस्फुटन गर्ने बिबिध विधा तथा  मध्यमहरु  मध्ये गीत संगीत एक उत्कृस्ट माध्यम भएको कुरा पनि बिभिन्न विचारकहरुको भनाई बाट पुस्टि हुने गर्दछ ।

लेखन/पत्रकारिता भन्दा साहित्य र साहित्य भन्दा  संगीत माथिल्लो स्तरको विधा हो । पत्रकारिता तथा लेखमा बढी दिमागको प्रयोग  हुन्छ , साहित्यमा दिमाग र मन-मुटुको सन्तुलित उपयोग हुन्छ भने गीत-संगीत बढी मन-मुटुको भाब बाट सिर्जित हुने गर्दछ । अनि संसारमा मन-मुटु भन्दा माथिको अर्को सगरमाथा हुन्न । पत्रकार बिजय पाण्डेका यी हरफहरुमा सत्यता भेटिन्छन, यथार्थता देखिन्छन ।

जीवनमा साहित्य, संगीत र कला अपरिहार्य छ भन्ने नीति वचन पनि उल्लेखनीय छ । साहित्य, संगीत र कला विहीन मान्छेलाई पुच्छर नभएको पशुको पनि उपनाम दिईएको भेटिन्छ । सबैथोक भएर पनि पुच्छर नभएको पशु कस्ता देखिन्छन् मान्छेलाई पनि त्यस्तै असुहाउँदिलो र नराम्रो देखिन्छ । पुछारहीन पशुको जसरी शोभा रहँदैन त्यसैगरी साहित्य, संगीत र कलाहीन मान्छेलाई पनि सुहाउँदैन । जीवनलाई सुन्दर बनाउने तत्त्व भनेका साहित्य, संगीत र कला हुन। साहित्यले जीवनलाई आनन्दित पार्छ । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत -संगीत-कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ ।

वास्तबमा गीत – संगीत विनाको संसार अधुरो र अपूर्ण छ । मेरो पनि संगीत र कलाप्रतिको अनुरागको प्रारम्भिक प्रेरणाश्रोत मेरी ठुलीमा डुकुना नेवार बनेर आउनु भयो । अबोध बाला पनमै संगीतको साधना मार्फत जीवनलाई पूर्णताको गोरेटोमा पाईला सार्ने मलाई अवसर जुट्यो । देखिने पूर्णता र बोध गरिने पूर्णता धेरै फरक बिषय रहेछन । अनुभूतिमा पूर्णता प्राप्त गर्ने कुराले मात्र जीवनमा महत्व राख्दो रहेछ ।

संगीत- गायन विधामा संलग्न कलाकारहरुलाई अझै पनि  ‘गाईने’ भनि कुनै निश्चित सम्मानित जाति समुदाय र सिंगो कलाकारहरुको समेत अपमान गर्ने केहि कमजोर मानशिकता बाट हामि उठ्न सकेका छैनौ ।

नेपालमा संगीतिक जीवन 

गायन पेशा

कालजयी आवाजको अनुपम उपहार दीई धेरै कलाकारहरुले कला जगतको उचाई बढाउनु भएको छ । सम्पूर्ण कुरा त्यागी गीत – संगीतको साधनामा धेरै जीवनहरु अर्पण भए । रास्ट्र तथा जनताका हरेक परिवर्तनमा गीत -संगीतले अत्यन्त्य महत्वपुर्ण भूमिका खेलेको छ । तथापी, संगीत- गायन विधामा संलग्न कलाकारहरुलाई अझै पनि  ‘गाईने’ भनि कुनै निश्चित सम्मानित जाति समुदाय र सिंगो कलाकारहरुको समेत अपमान गर्ने केहि कमजोर मानशिकता बाट हामि उठ्न सकेका छैनौ ।

अन्तरास्ट्रिय क्षेत्रमा समेत शसक्त पेशा मात्र नभई  संदेश सम्प्रेषणको बलियो माद्यम र हर जीवनमा उर्जा प्रदान गर्ने स्थापित पेशालाई अपमानित गर्नु हाम्रो गम्भीर समस्या  हो । एक छोरि वा बुहारीले गायिका भएर जीवन चलाउने कुराको पिडा अझ दर्दनाक छ । पिंजडा भित्रको  स्वतन्त्रताका साथ कलाको साधना गरि मानो चलाउने बाध्यत त छदैछ । त्यसैले, हाम्रो बुझाई र सोचाईको चस्मामा पावर फेर्न जरुरि छ ।

भल्गारिटी र गायन

पछिल्लो समय गीत संगीतको प्रस्तुति लाई लिएर भल्गारिटि संग पनि जोडिएको पाइन्छ । फलानो ले यस्तो लायो  त्यस्तो देखायो । मागले पूर्तिलाई डोर्याउने कुरा सामन्य नियम हो । जुन बस्तुको बढी माग हुन्छ त्यहि बस्तुले बढी बजार पाउने गर्दछ । कतिपय भल्गारिटिको उक्साईमा हाम्रै भुमिका पनि सहायक  भएको कुरा पनि हामीले बिर्सन नहुने कुरा हुन ।

हरेक कलाकारका स्टेजमा प्रस्तुत हुने आफ्ना आफ्ना तरिका र शैली  हुन्छन । कपडाको लम्बाई, बाहिरी आवरण र शैली भन्दा स्टेजमा प्रस्तुत हुने कलाकारको गायकीको कुरा प्रमुख मुल्यांकनको बिषय बन्न पर्दछ । कलाकारहरु समाजकै उत्पादन भएको हुनाले सामाजिक अपेक्षा अनुररुपनै मर्यादाको सिमा भित्र रहेर कलाकारहरुले  पनि प्रस्तुति दिन पर्ने हुन्छ । निश्चय रुपमा हाम्रो संस्कार र संस्कृतिको बिकाशमा सबै कालाकारहरु गम्भीर हुन जरुरि छ ।

सस्ताे लाेकप्रियता

पछिल्लो समय कलालाई नभई कमाईलाई अलि महत्व दिने प्रवृति पनि बढेको हो कि भन्ने आभास छ । कलाको गहिराई लाई भन्दा नगद बिटोको मोटाईमा बढी कलाकार लोभिएको कुरा पनि सुन्नमा नआएका होइनन । अघिल्ला गायन, लेखन र संगीतका तुलनामा हाल कृतिमताले बढीनै ठाऊं लिन गएको धेरैको टिप्पणि रहेको छ । वास्तविक कलामा  गहिरो साधना गरि गुणस्तर दिने  भन्दा अलि बढीनै फेसबुक लाईक -कमेन्ट अनि युट्युब भिउवर बढाउने कुरामा महत्व दिने बाटो तर्फ  पो लगियोकि भन्ने  प्रश्न चिन्न पनि हामी समक्ष छन । राजधानीमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्