स्लिम बन्न अपनाउनुस् यि उपाय


काठमाडौं : जिरो फिगर बनाउने अधिकांश युवतीको चाहना हुन्छ । फेसन र जीवनशैलीमा लगातार आइरहेको परिवर्तनसँगै स्लिम बन्न चाहनेको संख्या पनि बढिरहेको छ । काम गर्न छिटोछरितो हुने, लुगा लगाउँदा राम्रो देखिनेलगायत कारणले भर्खरका युवती मात्रै नभएर उमेर पुगिसकेका महिला पनि शरीर स्लिम पार्ने प्रयासमा लागिरहेका हुन्छन् ।

स्लिम बन्ने निहुँमा अधिकांशले डाइटिङको बाटो अपनाउने गरेको पाइन्छ । तर, शारीरिक वृद्धि विकास हुने उमेरमा डाइटिङ गर्दा शरीरलाई आवश्यक वस्तु आपूर्ति नहुन सक्छ । यसले स्वास्थ्य समस्या निम्त्याउने सम्भावना उच्च रहन्छ । स्वस्थ जीवनशैली अपनाएर तौल नियन्त्रण गरी स्लिम बन्न सकिन्छ ।

बिहानको समयमा आफ्नो शरीरलाई आवश्यक तत्व पुग्ने गरी खाना खानुपर्छ । सागसब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार खान सकिन्छ ।

एकैचोटि धेरै खाना खानुहुँदैन । दिनमा कम्तीमा चारचोटि थोरै–थोरै खानेकुरा खाइराख्नुपर्छ ।
त्यस्तै, खाजामा गेडागुडी, फलफूल, तरकारी, फाइबर पाइने खानेकुरा र जुस खान सकिन्छ ।

बेलुकाको खाना सकेसम्म कम र छिटो खानुपर्छ । खाना खानेबित्तिकै सुत्नुहुँदैन । बिहान उज्यालो हुनुभन्दा एक घन्टाअघि उठ्दा स्वस्थ रहन धेरै फाइदा पुग्छ । बिहानको समय हलुका व्यायाम गर्नु उत्तम हुन्छ ।

लामो समयसम्म एकै ठाउँमा बस्नुहुँदैन । स–साना काम गरिराख्नुपर्छ । जसले शरीरलाई स्फूर्त बनाउन मद्दत गर्छ ।

तौल घटाउने बहानामा जुन पायो त्यही व्यायाम गर्नुहुँदैन । यसले शरीरलाई बेफाइदा गरिरहेको हुन्छ । तौल घटाउने व्यायाम गर्दा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।

फास्टफुड, अत्यधिक चिल्लो, गुलियो, फ्याटी खानेकुरा खानुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले

काठमाडौं : रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ