मर्मत गरेर ल्याएकै दिन वायु सेवा निगमको बोइङ ग्राउन्डेड



काठमाडौं : सामान्य मर्मतका लागि मलेसिया पठाएको नेपाल वायुसेवा निगमको एक मात्र वोइङ विमान बुधबार ८१ दिनपछि काठमााडैं आइपुग्यो । काठमाडौंमा अवतरण नहुँदै ककपिटको विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) आकाशमै चर्किएपछि फेरि ग्राउन्डेड भएको छ । 

निगम स्रोतका अनुसार मलेसियाबाट बुधबार मर्मत गरेर ल्याइएको विमान भारतीय आकाशमा आइपुग्दा ककपिटको दायाँतर्फको विन्डसिल्ड चर्किएको हो । 

‘कोलकता पुग्नै लाग्दा को–पाइलटतफएको अगाडिको सिसाको एउटा तह चर्कियो,’ स्रोतले भन्यो, ‘ककपिटमा तीन तहमा सिसा राखिएको हुन्छ । तीमध्ये रसायन प्रयोग गरेर बनाइएको पारदर्शी प्लास्टिकयुक्त सिसा चर्किएको हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्