कोरोनाभाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ


काठमाडौं : विश्वभर सन्त्रास फैलाइरहेको कोरोनाभाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ ।

सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, कोरोना हेल्थ हेस्क हरेक दिन सुनसान हुने गरेको छ । स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन् । हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ । तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् । हेल्थ डेस्कमा जाँचका लागि खटिएका स्थास्थ्यकर्मी नै अनभिज्ञ देखिएका छन् ।

कोरोना भाइरस नयाँ भएकाले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताए । उनले भने, “कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन ।” भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणका बारेमा पनि आफूलाई जानकारी नभएको उनले बताए । थापाले भने, “नयाँ रोग भएकाले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन ।”

कोरोनाभाइरस नयाँ भएकाले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उनको भनाइ छ । उनकाअनुसार कोरोनाभाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन, नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालीम दिए मात्र सेवा प्रभावकारी बन्न सक्छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरणसमेत छैनन् ।

इन्फ्रारेड थर्मोमिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताए । हेल्थ डेस्क स्थापना भएको एक साता पुगिसकेको छ । तर, अहिलेसम्म २० जनाको मात्रै स्वास्थ्य जाँच गरिएको उनको भनाइ छ । भारतमा कोरोनाभाइरस नदेखिएकाले कडाइका साथ जाँच गरिएको छैन ।

शङ्कास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन् । रुघाखोकी र ज्वरो आएकोजस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए ।

कोरोनाभाइरस जाँचका लागि नाकामा हेल्थ असिस्टेन्टलाई खटाए पनि भारतको उत्तर प्रदेश सरकारले नेपालगञ्ज नाकाअन्तर्गत आफ्नो भूमिमा मेडिकल अधिकृत डा मुकिम अहमदको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । चिनियाँ नागरिकलाई लक्षित गरी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको सिएचसी चर्दाका वार्ड असिस्टेन्ट धर्मराज बर्माले बताए ।

नेपालबाट भारत प्रवेश गर्ने नागरिकमा कोरोनाभाइरस फेला परेमा एम्बुलेन्समार्फत तत्कालै जिल्ला अस्पताल बहराइच पु¥याउने व्यवस्था मिलाइएको उनले बताए । “एम्बुलेन्समार्फत बहराइच लगेर शङ्कास्पद व्यक्तिमा कोरोना भाइरस भए नभएको पत्ता लगाउन पूरै शरीरको जाँच गर्ने गरी स्वास्थ्यकर्मी परिचालन भएका छौँ”, बर्माले भने । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले

काठमाडौं : रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ