झुप्री भण्डारीकाे मार्मिक गीत ‘सम्झी रुना रुना’ सार्वजनिक (भिडियो)



काठमाडौं : रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन-२’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीको पहिलो गीत बजारमा आएको छ । उनको स्वरमा रहेको ‘सम्झी रुना रुना’ बाेलकाे गीत सार्वजनिक भएको छ ।

दृष्टिबिहीन झुप्रीको आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। गीतमा लय भर्ने काम भने पाण्डव विष्टले गरेका छन्।

भिडियोमा झुप्रीका अलवा उनका बुबाआमा क्रमशस् बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन्।

विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्।

प्रतिक्रिया दिनुहोस्