महोत्तरी जिल्लामा चल्दैन सिक्का


महोत्तरी : महोत्तरी जिल्लाको हाटबजारमा सिक्का पैसा चल्न छाडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडिएको उपभोक्ताले गुनासो गरेका छन् ।

जिल्लाको सयौँ गाउँ तथा दर्जन बढी शहरको सानादेखि ठूला पसलेले अहिले खुद्रा (सिक्का) पैसाको कारोवार नगर्ने गरेको सर्वसाधारणको गुनासो आइरहेको छ । अहिले पसल तथा हाटबजारमा मालसामान तथा विभिन्न सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसाजस्तै रु एक, रु दुई र रु पाँचका सिक्का पैसा लिन छाडेका छन् ।

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शिवशङ्कर यादवले हाटबजारमा चले, नचलेको थाहा नभएको तर बैंकले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताए । उनले आम जनताले सिक्का पैसा एक÷दुई सय र पाँच सयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताए ।

बैंकमा खुद्रा पैसा लिने गरेको जानकारी नभएका अभिभावक आफूसँग भएको हजारौँ खुद्रा पैसा खेर गइरहेको बताउँछन् । सिक्का पैसा हाटबजार तथा पसलमा नचल्दा बालबालिका पनि अभिभावकसँग लिन मान्दैनन् भने जिल्लाको विभिन्न हाटबजार तथा घर–डेरासम्म भिक्षा माग्न आउने भिखारीसमेतले सिक्का पैसा नलिने गरेको जिल्लावासी सुनाउँछन् । सिक्का पैसा नचल्दा हुने गरेको हैरानीले जिल्लाका आम उपभोक्ताले सिक्का पैसाको व्यवस्थापन वा चलनचल्तीका लागि सरकारले ठोस कदम चालिदिन मागसमेत गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा