रोनाल्डोको निर्णायक गोलमा युभेन्टसलाई इटालियन सुपर कपको उपाधि



एजेन्सी : क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्दै उपाधी जितेको हो । 

साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१औँ मिनेटमा गोल गरेका थिए । खेलको ७५औँ मिनेटमा मिलान १० खेलाडीमा समेटिएको थियो । 

यससँगै युभेन्टसले सर्वाधिक ८ पटक इटालियन सुपर कपको उपाधि जितेको कीर्तिमान राखेको छ । एसी मिलानले सात पटक सुपर कपको उपाधि हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्