नदिबाट बालुवा, गिट्टी उत्खनन् नगर्न रौतहटका सिडिओको निर्देशन



रौतहट : रौतहटको पश्चिमीभेगस्थित लालबकैया नदीबाट नदीजन्य पदार्थ नउठाउन संयुुक्त अनुुगमन टोलीले कडा निर्देशन दिएको छ ।

रौतहटका सिडिओ बाशुुदेव घिमिरेको नेतृत्वमा गएको संयुुक्त अनुुगमन टोलीले स्थगलत निरीक्षण पश्चात लालबकैया नदीबाट नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएको हो ।

स्थानिय फतुवा बिजयपुर र गुुजरा नगरपालिकाअन्तर्गत लालबकैया नदीको सबै घाटबाट अर्को आदेश नआएसम्म तत्काल गिट्टी, बोल्डर, बालुवा, मिक्सग्रेभल नउठाउन सिडिओ घिमिरेले ठेकदार नागेन्द्र साहलाई हिजो (बुधवार) साँझ निर्देशन दिएका हुन् ।

सिडिओ घिमिरेको निर्देशन लगत्तै अनुुगमनमा रहेका नेपाल प्रहरीका एसपी रबीराज खडका, सशस्त्र प्रहरीका एसपी रबीनराज कर्णजितले लालबकैयामा नदीजन्य पदार्थको उत्खनन तथा ढुुवानी रोक्न मातहतका प्रहरी युुनिटहरुलाई निर्देशन दिएका थिए ।

गुुजरा र फतुवा बिजयपुर नगरपालिकाको सिमानामा पर्ने लालबकैया नदीको नदीजन्य पदार्थ उठाउन साह निर्माण सेवाले ठेका लिएको छ । तर, सरकारको निति बिपरित नदीको बीच धारमा ठाँउठाँउमा जेसिबी र स्काभेटर प्रयोग गरी ठेकदार नागेन्द्र साहले पोखरीको स्वरुप ठूला–ठूला खाडल बनाएको पाईएपछी सिडिओ घिमिरेले नदीजन्य पदार्थ न उठाउन निर्देशन दिएका हुन् ।

नेपाल सरकारले तोकेको नितिमा नदीको छेउमा बढीमा दुुईमिटरसम्म खनेर नदीजन्य पदार्थ उठाउन सकिने व्यवस्था गरेको छ । तर, ठेकदार नागेन्द्र साहले लालबकैया नदीको बोटवा, गर्जा, पशुपती छेउको घाट लगायत दर्जन बढी स्थानमा जेसिबी र स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालेर खोलाको बीचबीचमा ठूलाठूला पोखरी जस्तो खाडल बनाएको छ ।

ठेकदार साहले दैनिक सयौ ट्याक्टर र दर्जनौ टिपर मार्फत लालबकैया नदीको दोहन गरीरहेका छन् ।

अनुुगमनको क्रममा व्यक्तिगत फाइदाका लागि लालबकैया नदीको दोहनमा लागेका ठेकदार साहलाई दोहन नरोमा थुुनामा राखेर कारवाही समेतको चेतावनी दिइएको छ ।

लालबकैया नदी बाट बोल्डर, गिट्टी, ग्रेभल, बालुवा निकालेर दर्जनौ ठेकदारले जिल्लाको छुुट्टाछुट्टै स्थानमा ठूलो मात्रामा भण्डारण गरेको देखिएको छ ।

विभिन्न निर्माणकार्यमा लाग्ने स्टिमेट अनुुसार नदीजन्य पदार्थ उठाउन राख्न सकिने व्यवस्था विपरित ठेकदार तथा क्रेसर उद्योगीले अनाधिकृत रुपमा नदीजन्य पदार्थको भण्डारण गरेको अनुुगमनमा पाईएको छ ।

नदीको अवस्था र ठेकदारको गतिविधीबारे स्थानियतहले निगरानी गर्नुुपर्ने व्यवस्था रहेको छ । तर, गुुजरा र फतुवा बिजयपुर नगरपालिकाका जनप्रतिनिधिले लालबकैया नदीको अवस्था प्रति उदासीन रहेकाले लालबकैया नदीको दोहन बढेको संयुुक्त अनुुगमनटोलीको निष्कर्ष रहेको छ ।

अनुुगमन टोलीले लालबकैया नदीको विभिन्न घाटहरुको अनुुगमनका साथै बौधीमाई नगरपालिका, फतुवाबिजयपुर, गुुजरा लगायतका स्थानिय तहमा सञ्चालित क्रेसर उधोगको स्थलगत अनुुगमन निरिक्षण गरेको थियो ।

टोलीमा सिडिओ बाशुुदेव घिमिरे,जिल्ला समन्वय समितिका सभापती रामएकवाल यादव, ईन्द्रबक्स गणका कर्णेल सामन्तध्वज खाँड, नेपाल प्रहरीका एसपी रबीराज खडका, एसपी रबीनराज कर्णजित, घरेलुु तथा सानाउधोग कार्यालय प्रतिनिधी प्रमोद बर्मा, नगरपालिकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्