पराजित भएपनि रियल मड्रिड ‘कोपा डेल रे’को क्वाटरफाइनलमा



एजेन्सी : दोस्रो लेगमा लेगानेससँग १–० ले पराजित भएपनि रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियल समग्रमा ३–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो । 

रियलले लेगानेससँग पहिलो लेगमा ३–० को सहज जित निकालेपनि दोस्रो लेगमा भने १–० ले पराजित भयो । लेगानेसका मार्टिन ब्रेथवेटले पहिलो हाफको ३०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

१–० ले पछि रियलले खेलमा दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । 

अर्को खेलमा जिरोनासँग ३–३ गोलको बराबरीमा रोकिएपछि अवे गोलको आधारमा पछि पर्दै एट्लेटिको मड्रिड प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । समग्रमा ४–४ गोलको बराबरीको खेल भएको थियो । यता सेभिल्लाले एथलेटिको विल्वाओलाई समग्रमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्