ग्यास सिलिन्डर चुहावट हुँदा होटलमा आगलागी


झापा : झापाको गौरीगञ्ज र धुलाबारीमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका ३ स्थित इलाका प्रशासन कार्यालयसँगै रहेको प्रार्थना होटलमा ग्यास सिलिन्डर चुहावट भई हिजो (बुधबार) राति आगलागी भएको हो ।

पाथीभरा ग्यासको नयाँ सिलिन्डर ट्याङ्की खोलेर सल्काउना साथ आगलागी भएको होटल सञ्चालक दुर्लभमान श्रेष्ठले जानकारी दिए । आगलागीबाट करिब १५ लाख बराबरकोे क्षति भएको उनले बताए । बेलुका ६ बजेतिर भएको आगलागी इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, स्थानीयवासी र गौरादह नगरपालिकाको बारुण यन्त्रको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

यसैगरी, हिजो राति नै १० बजेतिर मेचीनगरको धुलाबारी बजारनजिकै टिमाई खोला छेउमा एउटा घरमा आगलागी भएको छ । आगलागीबाट घर जलेर खरानी भएको छ । मेचीनगर नगरपालिकाको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित