आमा–छोरीको रहस्यमयी मृत्यु, दाइजोका कारण हत्या गरेको आरोप



जनकपुरः जनकपुरमा आमा–छोरीको रहस्यमयी मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–४ की सिमा शर्मा र उनको दुई वर्षीया छोरी गौरीको रहस्यमयी मृत्यु भएको हो । 

सीमाको माइती पक्षले दाइजोका कारण विष खुवाएर छोरी र नातिनीको हत्या गरेको आरोप लगाएका छन् । श्रीमती र छोरीको मृत्यु भएपछि सीमाका श्रीमान समिर मिश्र फरार छन् । समिर फरार हुनुले घटनालाई थप रहस्यमयी बनाएको हो ।

पहिलोदेखि नै दाइजोका कारण समिरले सीमालाई दुख दिने गरेको माइती पक्षको भनाई छ । सिमा र छोरीको विष सेवनबाट मृत्यु भएको खुलेको छ । सीमाको मंगलबार र छोरीको वुधबार मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनुषाका पहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

समिर फरार भएपछि प्रहरीले सिमाकी सासू किरण मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्