बलिउडमा चर्चित भएका ‘किस सीन’



एजेन्सी : भ्यालेन्टाइन डेको अघिल्लो दिन जोडीहरुले ‘किस डे’ मनाउँने प्रचलन बढ्दै गएको छ । यो दिनमा जोडीहरुले एक अर्कासँग माया साटासाट चुम्बन गरेर गर्ने परम्परा छ ।

यसै सन्दर्भमा बलिउडमा चर्चित बनेका केही चुम्बनका दृश्यहरु छन् जसले बलिउड निकै तताएको थियो कुनै समय ।

सन् १९३३ मा रिलीज भएको फिल्म कर्मामा देविका रानी र हिमान्शु रायले गरेको चुम्बनको दृश्यले निकै चर्चा पाएको थियो । उक्त सीन ४ मिनेटसम्म लामो थियो । यसलाई बलिउडकै सबैभन्दा लामो चुम्बनको दृश्यको रुपमा लिइन्छ ।

यसैगरी, सन् १९८८ मा रिलीज भएको फिल्म ‘दयावान’ मा विनोद खन्ना र माधुरी दीक्षितको चुम्बनको दृश्यले त झनै बलिउडमा आगो नै लगायो । उक्त दृश्यको कारण माधुरी आज पनि समय समयमा चर्चामा आउने गर्छिन् ।

बलिउडको ‘राजा हिन्दुस्तानी’ फिल्ममा आमिर खान र करिश्मा कपूरको चुम्बनको दृश्यले पनि उत्तिकै चर्चा पाएको थियो । यो फिल्म सन् १९९६ मा रिलीज भएको थियो ।

धुम–२ सन् २००६ मा रिलीज भएको थियो । यो फिल्मको कमाईले रेकर्ड तोडेको थियो । फिल्ममा ऐश्वर्या राय र ऋतिक रोशनको चु्म्बनको दृश्यले पनि निकै चर्चा पाएको थियो ।

‘जब वी मेट’ फिल्ममा शाहिद कपूर र करीना कपूरको जोडी मात्रै होइन उनीहरुले दिएको किस सीनले पनि उत्तिकै चर्चा पाएको थियो । यो फिल्म सन् २००७ मा रिलीज भएको थियो । यो फिल्मबाट नै करीना र शाहिदको प्रेमसम्बन्धको चर्चा भएको थियो ।

सन् २०१३ मा रिलीज भएको फिल्म ‘ये जवानी है दीवानी’ मा रणवीर कपूर र दीपिका पादुकोणको चुम्बनको दृश्य धेरैले मन पराएका थिए ।

सन् २०१३ मा रिलीज भएको फिल्म ‘गोलियों की रासलीला राम–लीला’ को चुम्बनको दृश्यले पनि उत्तिकै चर्चा पाएको थियो ।

तनुश्री दत्ता र इमरान हाशमीको फिल्म ‘आशिक बनाया’ मा दिएको किस सीन निकै भाइरल भएको थियो । यो फिल्म २००५ मा रिलीज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्