एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो


पेरिस : फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको आज (बिहीबार) जनाएको छ ।

घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए४००एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको हो ।

कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको जनाएको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ ।

“हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौं, र ग्राहकको विश्वास जित्न सफल भएका छौं ।” एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले बताए ।

एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई ३ अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवम् प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ६ वर्ष अघिको समझदारी उल्ट्याएर ईपीसी (इन्जिनियरिङ, प्रोक्युरेमेन्ट

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न प्रधानमन्त्री

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। पार्टीको

काठमाडौं : आज असार शुक्ल पूर्णिमाका दिन अर्थात गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६