आफ्नै शिशु मार्ने आमा पक्राउ



काठमाडौं : आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाडौं महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार भएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । 

शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यस्तै प्रहरीले तीन हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ । 

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले दक्षिणकाली नगरपालिका क्षेत्रबाट ५०० लिटर र महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ शङ्खरापुर नगरपालिकाबाट ५०० लिटर तयारी मदिरा र दुई हजार लिटर कच्चापदार्थ बरामद गरी आज नष्ट गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्