लक्ष्यभन्दा बढी राजश्व


काठमाडौं : आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ८७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालू आव २०७६-७७ को माघ महिनासम्ममा रु एक अर्ब ८६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले पुराना कर नबुझाएका करदाताबाट सो अवधिमा रु ४४ करोड उठाउन सफल भएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले जानकारी दिए । चालू आवको असार मसान्तसम्ममा रु तीन अर्ब ६६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले सात महिनाको अवधिमा आयकरतर्फ रु ७७ करोड, मूल्य अभिवृद्धि करतर्फ रु ८७ करोड र अन्तशुल्कतर्फबाट रु २४ करोड राजश्व सङ्कलन गरेको उनको भनाइ थियो ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङमा ८० हजार बढी व्यावसायिक करदाता छन् । समयमै मूल्य अभिवृद्धि र आम्दानी कर नबुझाएका निर्माण कम्पनी, उद्योगी व्यवसायीलाई पत्राचार गरेर कर बुझाउन अनुरोध गरिरहेको उनले बताए ।

“हामीले पटक–पटक पत्राचार गरेका छौँ”, उनले भने, “अब अटेर गरेमा पत्रपत्रिकामा सूचना जारी गरेर उनीहरुको बैंक खाता रोक्ने र घरजग्गा लिलामी गरी असुल्ने तयारीमा छौँ ।”

गत आव २०७५÷७६ मा कार्यालयले रु दुई अर्ब ६१ करोड ५६ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा लिए पनि रु दुई अर्ब ६२ करोड २५ लाख २६ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले ई–हाजिरी सेवा शुरु गर्नुका साथै ‘आइपी’ क्यामेरा जडान गरी मोबाइलबाट र सिसीटिभीबाट अनुगमन गर्ने गरेको प्रमुख कर अधिकृत श्रेष्ठले बताए । सेवाग्राहीलाई प्रभावकारी र सरलीकरण सेवा प्रवाह गर्न कार्यालयमा सहयोग कक्ष राखिएको छ ।

कार्यालयले जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा अवैधरूपमा भेटिएको एक हजार ७०० लिटर मदिरा र ६० बोरा सुर्ती नष्ट गरेको छ । लामो समयदेखि बरामद गरिएका उक्त सामग्री कार्यालयको कोठामा भण्डारण गरिएको थियो । भद्रपुर नगरपालिकाको सहकार्यमा उक्त सामग्री नष्ट गरिएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवम् प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ६ वर्ष अघिको समझदारी उल्ट्याएर ईपीसी (इन्जिनियरिङ, प्रोक्युरेमेन्ट

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न प्रधानमन्त्री

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। पार्टीको

काठमाडौं : आज असार शुक्ल पूर्णिमाका दिन अर्थात गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६