जनयुद्ध दिवस : ओली–नेपाल नजाँदा नेकपामा हलचल



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज (बिहीबार) देशैभरी जनआन्दोलन तथा जनयुद्धका शहिदको स्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि आज श्रद्धाञ्जली सभाको आयोजना भयो । तर, सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गएनन् । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु सहभागि भए । यसअघि सो कार्यक्रममा पार्टीका दुवै अध्यक्ष सहभागि हुने बताइएको थियो ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री अस्वस्थ भएकाले आराम गरिरहेका कारण सार्वजनिक कार्यक्रममा सहभागि नभएको जनाएको छ । गत वर्ष समेत नेकपाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागि भएनन् ।

प्रधानमन्त्री ओलीका साथै नेकपा वरिष्ठ नेताल्वय एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल समेत श्रद्धाञ्जलीसभा कार्यक्रममा सहभागि भएनन् । नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका संयोजक रहेका खनाल त्यसको बैठकमा सहभागि भएकाले र नेता नेपाल स्वदेशमा नभएकाले कार्यक्रममा सहभागि नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्